विश्व अहिले कोभिड १९ को प्रकोपबाट ग्रसीत छ । यसबाट नेपालपनि अछुतो रहेन । यसको प्रभाव नेपाली रंगमञ्चमा पनि परेको छ । थिएटरहबको संयोजनमा नेपालका सक्रीय नाट्यकर्मी तथा नाट्यसंस्थाको तर्फबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई ध्यानाकर्षण गराएको छ । प्रतिष्ठानका उपकुलपति हरिहर शर्मालाई ध्यानकर्षण पत्र बुझाउदै लकडाउनका कारण रंगमञ्च र रंगकर्मी पूर्ण रुपमा प्रभावित भएको भन्दै प्रतिष्ठान मार्फत नेपाल सरकारलाई ध्यानकर्षण गराइएको थियो । रंगकर्मीको भेटघाटमा उपकुलपती हरिहर शर्माले रंगमञ्च र रंगकर्मी पूर्णरुपमा प्रभावित भएको कतैबाट सम्बोधन हुने संस्था तथा निकाय नभएको भन्दै रंगकर्मीहरु एकताबद्ध भएर ध्यानाकर्षणको लागि आउनु आफैमा सकारात्मक कुरा भएको बताउनु भयो । साथै प्रतिष्ठानको तर्फबाट रंगकर्मीहरुको समस्याको यथासक्य सम्बोधन गर्ने बताउनु भयो ।
ध्यानकर्षण पत्र
मितिः २०७७/०३/११
श्रीमान् कुलपति ज्यु
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान,
गैह्रीधारा, काठमाडौं ।
बोदार्थ – श्रीमान् उपकुलपति ज्यु
नाट्य विभाग प्रमुख ज्यु
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान,
गैह्रीधारा, काठमाडौं ।
ध्यानाकर्षण पत्र
कोभिड–१९ आज संसारका प्राय सबै मानिसहरुको लागि ठुलो चुनौति भएको छ । कोरोना भाइरसका कारण विश्व आक्रान्त भइरहेको बेला हाम्रो देश पनि यस महामारीको अनेकौँ किसिमका संक्रमण र प्रभावबाट गुज्रिरहेको छ । यस रोगको प्रकृतिअनुसार भौतिक–सामाजिक दुरी कायम गर्नु पर्ने अवस्थामा अरु देशमा झैँ नेपालमा पनि लकडाउन नै सरकारले सहज माध्यम ठान्यो । लकडाउनका कारणले सारा ब्यापारब्यवसाय चौपट भयो । त्यसैगरी रंगमञ्चको प्रशिक्षण, उत्पादन, प्रदर्शन र व्यवसाय थप्प भयो ।समग्र बजार र आम मानिसको स्थिति झन् खस्कँदै गएपछि सरकारले लकडाउनलाई खुकुलो त पार्यो । तर, अझै पनि सार्वजनिक गतिविधि वा नाटकघर, सिनेमाघर सञ्चालन गर्न सक्ने स्थिति छैन । र, यो स्थिति कति लामोसम्म जान सक्छ भन्ने अनुमान पनि गर्न नसक्ने स्थिति छ । यस्तो अवस्थामा नेपालका स्वतन्त्र नाट्य संस्था तथा स्वतन्त्र रंगकर्मीहरुको स्थिति नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई अवगतै छ ।
देशभर लकडाउन लागु हुनुभन्दा अगाडिदेखि नै २५ जनाभन्दा बढी जमघट हुन नपाउने भनी आम जनमानसमा जारी गरिएको सरकारी निर्देशन मुताबिक नै सो समयदेखि नैनेपालभरका सक्रिय नाटकघरहरु बन्द छन् र रङ्मञ्चीय गतिविधि पनि ठप्प छन् । अन्य कला साहित्यको विधाजस्तो एकल रुपमा र घरमै बसेर आफ्नो सिर्जना गर्न सक्ने र त्यसलाई प्रत्यक्ष रुपमा नसकिए पनि आधुनिक माध्यमहरु प्रयोग गरी जनमानसमा पुर्याउन सक्ने अवस्था रङ्मञ्च विधामा सम्भव छैन । कमसेकम हाम्रो जस्तो देशमा । (किनभने विकशित देशका सरकारले लडकडाउनको बेलामा प्रसिद्ध नाट्य संस्थाहरुलाई थिएटर लाइभ गरेर मञ्चन गरे त्यसको खर्च सरकारले ब्यहोर्ने घोषणा गरे । अरु धेरै किसिमका विकल्पहरु खोजिए ।)तर, हामीकहाँ आजसम्म त्यस्तो बृहत विकल्प खोजिएको अवस्था छैन ।
यद्यपी यस लकडाउनकै बीचमा नेपाली रङ्गमञ्चमा ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ (थिएटर मल कीर्तिपुर रङ्मञ्चको अग्रसरतामा) आयोजना गरियो । यस उत्सवमा पहिला मञ्चन भइसकेका देशी–विदेशी नाटकहरुको भिडियो भर्चुअल माध्यममार्फत् आम दर्शकसम्म पुर्याउने कार्य भयो । यस सहोत्सवले लकडाउनमा बसेका आम मानिसहरुलाई केही हदसम्म भए पनि दैनिक पट्यारलाग्दो जीवनबाट अलिकति भए पनि बाहिर निकाल्यो भन्ने हामीलाई लाग्छ । र, धेरथोर नेपाली रङ्गमञ्च र आम दर्शकबीचको सामिप्यता कायम गर्यो । लक डाउनकै बेलामा लालाबाला रंगमञ्चले स्कुलका विद्यार्थीहरुलाई केन्द्रित गरेर भर्चुअल नाटक प्रतियोगिता पनि गर्यो । त्यस्तैडकडाउनकै बेलामा देशमा भएका ठुला भ्रष्टाचार, जातीय हिंसा र बेथितिको विरुद्धशिल्पी थिएटरले नाटकघर अगाडि( बत्तीसपुतली) सडकमा सांकेतिक प्रस्तुति/प्रदर्शनी पनि गर्यो । शैली थिएटरले विश्व बालकविता महोत्सव र बाल निबन्ध महोत्सवको आयोजना गरेको छ । कौशी थिएटर र मञ्जरी थिएटरले भचुअल प्लेब्याक थिएटरको आयोजना गरिरहेकोछ ।
समष्टिमा हेर्दा,यो समय रङ्गकर्ममा प्रतिवद्ध भएर यसैलाई पेशा बनाएर लागिपरेका रङ्संस्था, नाटकघर तथा सम्पूर्ण रङ्गकर्मीहरु निकै समस्यामा छन् । अधिकांश रङ्गकर्मीहरुले सामान्य दैनिक जीवनयापनमा समेत समस्या भोगिरहेका छन् । यस सन्दर्भमा नेपाली रङ्गमञ्च पहिलेजस्तै अभिभावकविहिन भएको महसुस हामीले गरेका छौं । हामीले आशा गरेको नेपाल सरकारको कानुनी रुपमै गठित हुने यस नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले समेत यो तीन महिनाभन्दा बढीको समयसम्म पनि अभिभावकत्व ग्रहण गर्ने खालका कुनै पनि प्रयास नहुँदा हामी चिन्तित र दूःखित भएका छौं । आम रंगकर्मीहरुको विश्वास र आशा अझै पनि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानप्रति देखिन्छ । तर, कसरी त्यहाँसम्म आफ्ना कुराहरु पुर्याउने वा अभिभावकत्व महसुस गराउने भन्ने अन्योल देखिन्छ ।
यसै सन्दर्भमा नेपालका सम्पूर्ण नाटकघर सञ्चालन गरिरहेका नाट्य संस्था र स्वतन्त्र नाट्य संस्थाहरुबीचको केही पटकको अनलाइन बैठकबाट हामी एउटा निस्कर्षमा पुग्यौँ–‘नेपाल संगीत तथा नाट्य प्रतिष्ठानलाई हामीले सधैँ आदर गरेका र नेपाली कला तथा रंगमञ्च क्षेत्रमा ठुलो योगदान गरेका व्यक्तित्वहरुले नेतृत्व गर्नु भएको छ । उहाँहरु नेपालभित्र कर्मशील स्वतन्त्र रंगकर्मी तथा नाट्यसंस्थाहरुको अभिभावक हो । उहाँहरुसम्म हामीले आफ्ना कुराहरु पुर्याउनु पर्छ । यस्तो संकटको बेलामा पनि हामी एकजुट भएर समाधान खोजेनौँ भने हामी झन् भत्किने छौँ र नेपाली रंगमञ्च झन् धरासायी हुनेछ । यसको नकारात्मक असर देश र आमनागरिकसम्मलाई पर्नेछ ।’त्यसै अनुरुप धेरै संस्थाहरुसँगको छलफलबाट आदरणीय कुलपति, उपकुलपति तथा नाट्य विभाग प्रमुख मार्फत नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सरकारलाई देहायका बुँदाहरु निवेदन गरेकाछौँ ।
१. कोरोना प्रभावपछि राज्यद्वारा आ–आफ्ना निकायमा पर्ने क्षेत्र सम्बोधित हुँदा स्वतन्त्र नाट्य संस्था र स्वतन्त्र रङ्गकर्मीहरूको समस्याप्रति चासो राख्ने र गुनासो सम्बोधन कसैले पनि आजको मितिसम्म गरेको अवस्था छैन । यस सन्दर्भमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले लिनुपर्ने जिम्मेवारी लेओस् । स्वतन्त्र नाट्य संस्था र स्वतन्त्र रङ्गकर्मीहरूको समस्या र गुनासोलाई सम्बोधन गर्दै अभिभावकत्व ग्रहण गरियोस् ।
२. स्वतन्त्र रङ्गकर्मीहरुको रङ्गकर्म गरेर आर्थिक बचत हुने अवस्था नभएको अवगतै छ । यसर्थ रङ्गकर्मीहरुले दैनिक जिविका समेत चलाउन नसक्ने अवस्थाबाट गुज्रिन थालिसकेकोले यस सन्दर्भमा अध्ययन गरी तत्काल राहतमूखी कार्यक्रम ल्याइयोस् ।
३. नेपाली रङ्गमञ्चलाई हाल नीजि क्षेत्रबाट सामाजिक गैरसरकारी संस्थाका रुपमा दर्ता रहेका नाट्य संस्थाहरुले गति दिँदै उदाहरणीय रुपमा रङ्मञ्चीय गतिविधिलाई तीव्रता दिँदै आएको जानकारी नै छ । तर पछिल्लो समय संकटमा यसरी नीजि क्षेत्रबाट भएका प्रयासहरुलाई संरक्षण नगर्ने हो भने नेपाली रङ्गमञ्चले बनाएको स्थान फेरि गुम्न सक्ने चिन्ता बढेको छ । तसर्थ नेपाली रङ्गमञ्चको प्राप्ति जोगाउन, यसको समृद्धि र भविष्य निर्माणका लागि र नाटकघरको स्थायित्वको लागि नीति तथा कार्यक्रम निर्माणका लागि पहल गरियोस् ।
४. तत्कालका लागि नेपाल भरी रहेका निजी क्षेत्रका नाटकघर जो भाडामा सञ्चालित छन् वा तीनका कलाकार/कर्मचारी तलब समस्यालाई सम्बोधन गरियोस् ।
५. संकटमा रहेको रङ्गमन्चलाई फेरि ब्युँताउन सिर्जनात्मक कामहरु सिर्जना गर्न पहल गरियोस् । कोरोना भाइरस संक्रमण र लकडाउनको ट्रोमाबाट आम नागरिकलाई बाहिर निकाल्न स्वस्थ जीवनको लागि पनि रङ्गमञ्चले ठूलो भूमिका खेल्न सक्छ भन्ने विश्वासका साथ सिर्जनात्मक कार्यक्रमहरु स्वतन्त्र नाट्य संस्थाका साथ योजना गरियोस् ।
६. सर्वेक्षणमार्फत देशभरी प्रतिवद्ध र सक्रिय रङ्गकर्मीहरुको तथ्याङ्क राख्ने कार्य तत्कालै सुरु गरियोस् ।
७. यस प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिक कार्य योजना र बजेटमा स्वतन्त्र नाट्य संस्था र स्वतन्त्र रङ्गकर्मीहरूलाई पनि सम्बोधन गरोस् । स्वतन्त्र प्रतिस्पर्धाबाट र निष्पक्ष छनोटबाट प्रतिष्ठानलेस्वतन्त्रनाट्य संस्थाहरुलाई नाट्यकर्म गर्नका लागि बजेट बिनियोजन गर्ने कार्यको थालनी गरोस् ।
८. नेपाली रङ्गमञ्चको गतिशिलता र समृद्धिका लागि नीति, योजना, आवश्यक बजेटको खाका तयार पारेर नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयसम्म पु¥याइयोस् । यसका लागि पहल गर्ने उदाहरणीय काम गर्न आँँट गरोस् ।
९. देशको र प्रदेशको राजधानी तथा शहर केन्द्रित रङ्गमञ्चीय गतिविधिहरु भइरहँदा राज्य स्तरबाटै स्थानीय तहसम्म रङ्गमञ्चको आवश्यकतामा जोड दिँदै नेपाल सरकारसँग पहलको थालनी होस् । जसले गर्दा स्वतन्त्र नाट्य संस्थाहरुको राज्यसँगको सम्बन्ध प्रज्ञा–प्रतिष्ठानले जोडिदेओस् ।
उपर्युक्त बुँदाहरुमा सम्बोधन गर्दै अभिभावकत्व ग्रहण गर्ने र दुरदर्शी योजना ल्याउनेमा आशा राख्दै सम्बन्धित बुँदाहरु पूरा गर्न नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गर्ने कार्यक्रम तथा पहलमा हामी समग्र नाट्य संस्था, रङ्गकर्मी, सम्पूर्ण नेपाली रङ्गमञ्चले साथ दिने प्रतिवद्धता समेत जाहेर गर्दछौं । र, आजका मितिसम्म स्वतन्त्र नाट्य संस्था र स्वतन्त्र रंगकर्मीहरुले नेपाली रंगमञ्च र विश्व रंगमञ्चमा गरेको गतिविधिबाट नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गौरव महसुस गरेको छ भन्ने विश्वास राख्छौँ ।
भवदीय,
नेपाली रङ्गमञ्चमा नाटकघर सहितका सक्रिय नाट्य संस्थाहरु
सर्वनाम थिएटर, काठमाडौं
आरोहण गुरुकुल विराटनगर
शिल्पी थिएटर, काठमाडौं
शैली थिएटर, काठमाडौं
मण्डला थिएटर, काठमाडौं
थिएटर मल कीर्तिपुर रङ्गमञ्च, काठमाडौं
गन्दर्भ थिएटर, पोखरा
परिवर्तन थिएटर, काँकडभिट्टा, झापा
कुञ्ज थिएटर काठमाडौं
कौशी थिएटर, काठमाडौं (कथाघेरा)
देशभरका सक्रिय नाट्य संस्थाहरु
एक्टर्स् स्टुडियो, काठमाडौ
थिएटर भिलेज, काठमाडौ
अनाम नाट्य समूह, धरान
अचेल नाट्य समूह, काठमाडौं
आर्ट स्टुडियो, झापा
आरम्भ कलाकाररुको समूह, काठमाडौं
थिएटर आकार, काठमाडौ
सद्भाव थिएट, काठमाडौ
खल्ती नाट्य समूह, काठमाडौ
तरंग नाट्य समूह, हेटौंडा
लोक संचार, जनकपुर
मञ्जरी, लमजुङ
चेतना नाट्य समूह, इलाम
कदम थिएटर, दमक
पुरानो घर, काठमाडौं
मण्डापिका कला समूह, काठमाडौं
स्कूल थिएटर, काठमाडौं
मातृभूमि रंगमञ्च, भोजपुर
सुम्निमा थिएटर, काठमाडौं
वान वल्र्ड थिएटर, काठमाडौं
बार्दली नाट्य समूह, काठमाडौं
करमन, काठमाडौं
कर्णाली आर्ट सेन्टर, कर्णाली
रंग कला समूह, गोर्खा
सगरमाथा नाट्य समूह, सोलुखुम्बु
कलालय, इटहरी
हिमालयन थिएटर, काठमाडौ
थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल
मैथिली विकाश कोष, जनकपुर
रामानन्द युवा क्लव, जनकपुर
वेज प्रा.लि. काठमाडौ
सिक्का इन्टरटेनमेन्ट, काठमाडौ
झोराहाट नाट्य समुह, मोरङ
बुद्ध नाट्य समुह, तौलिहवा
कलासी, काठमाडौ
एस्थेटिक्स डान्स स्टुडियो काठमाडौ
आदिइत्यादि, काठमाडौ
मञ्जरी थिएटर, स्पेस थिएटर, काठमाडौ
सैडान नाट्य समुह, राजापुर बर्दिया
संयोजन
थिएटर हब काठमाडौ
९८५१२२३०२३