Blog

Viewing posts for the category Attention letter

Attention Letter (ध्यानकर्षण पत्र)

विश्व अहिले  कोभिड १९ को प्रकोपबाट ग्रसीत छ । यसबाट नेपालपनि अछुतो रहेन । यसको प्रभाव नेपाली रंगमञ्चमा पनि परेको छ । थिएटरहबको संयोजनमा नेपालका सक्रीय नाट्यकर्मी तथा नाट्यसंस्थाको तर्फबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई ध्यानाकर्षण गराएको छ । प्रतिष्ठानका उपकुलपति हरिहर शर्मालाई ध्यानकर्षण पत्र  बुझाउदै लकडाउनका कारण रंगमञ्च र रंगकर्मी पूर्ण रुपमा प्रभावित भएको भन्दै प्रतिष्ठान मार्फत नेपाल सरकारलाई ध्यानकर्षण गराइएको थियो । रंगकर्मीको भेटघाटमा उपकुलपती हरिहर शर्माले रंगमञ्च र रंगकर्मी पूर्णरुपमा प्रभावित भएको कतैबाट सम्बोधन हुने संस्था तथा निकाय नभएको भन्दै रंगकर्मीहरु एकताबद्ध भएर ध्यानाकर्षणको लागि आउनु आफैमा सकारात्मक कुरा भएको बताउनु भयो । साथै प्रतिष्ठानको तर्फबाट रंगकर्मीहरुको समस्याको यथासक्य सम्बोधन गर्ने बताउनु भयो ।