Viewing posts for the category Press Release
कोभिड १९ को कारणले संसारलाई नै सिथिल बनाएको घटना सबैमासर्वविधितै छ । यसको प्रभाव नेपालमा पनि सघन रुपमा पर्यो । आम जनजीवन एकान्तबासमा गएपछि नेपालको रङ्गमञ्च पनि एकान्तबासमा पुग्यो । सिनेमाघर, होटल–रेस्टुरेन्ट, व्यापार–ब्यवसाय, कार्यालय, पर्यटन, यातायातसँगै नाटकघरहरु बन्द भए । नाट्य मञ्चनहरु रोकिए । रङ्गकर्मीहरु आर्थिक र मानसिक दुवैरुपमा ठूलो संकटमा पयौँ । हामीले बारम्बार छलफल र बैठकगर्यौँ । र, करिव दश महिनाको विश्रामपछि देशभरका रंगकर्मीहरु एउटा निर्णयमा पुग्यौँ । सबै सुरक्षाका नियमहरुलाई पालना गर्दै फेरि नाटकघरहरु संचालनमा ल्याउने हाम्रो सामुहिक निर्णय अनुसार यही २०७७ साल माघ १ गतेदेखि क्रमश अधिकांश नाटकघरहरु खोल्ने निर्णय गरिएकोछ ।