Plays

शिरीषको फूल (Shirishko Phul)

नाटक ‘शिरीषको फूल’ सुप्रशिद्ध साहित्यकार पारिजातको मदन पुरस्कार विजेता उपन्यास ‘शिरीषको फूल’ (वि.स.२०२२)मा आधारित छ । यो नाटक दोस्रो विश्वयुद्धपछिको मानवीय संवेदना र विसंगत सामाजिक परिवेशबीच युद्धबाट फर्केका ४५ वर्षीय सुयोगवीर सिंह र जीवनलाई आफ्नै दृष्टिकोणले हेर्ने, स्वच्छन्द २५ वर्षीय सकमबरी र उनका परिवारसँगको सम्बन्धको कथाको दृश्य भाषा हो । अविवाहित सुयोगवीरको महिलाप्रतिको दृष्टिकोण र सकमबरीको आत्मसम्मान, स्वच्छन्दता साथै स्वतन्त्रताको दर्शनबीच उत्पन्न हुने अन्तद्र्वन्द्व नाटकमा छ । समग्रमा पितृसत्तात्मक चिन्तन र नारीवादी चेतनाबीचको विमर्श नै ‘शिरीषको फूल’को अन्तर्वस्तु हो ।

पचली भैरब (Pachaai Bhairab)

पचली भैरब नाटकको मुख्य आशय भनेको नेपालको कला, संस्कृति, धार्मिक, परम्परागत तथा सांस्कृतिक र मौलिकताको संरक्षण, संम्वर्धन र उत्थान गर्नू हो । नेपाल मण्डलको उत्पती यहांको धार्मिक र सांस्कृतिक मिथकहरु अति नै लोकप्रिय मानिन्छन् । भाषावंशावली र चर्या नृत्य तथा गीतहरुमा धेरै आधारशिलाहरु पाईन्छन् । नेपाल मण्डल उत्पती पश्चात् दक्षिण भेगको रक्षा गर्ने जिम्मा पचली भैरबलाई दिइएको थियो । पचली भैरब सबै भैरबहरुको प्रमुख हुन् । पञ्चलिंगेश्वरको अपभ्रंस भएर पचली भएको मानिन्छ । पांच प्रकारका उर्जाको लिंग उत्पती भएको बागमती र बिष्णुमतीको दोभानमा पवित्र तीर्थस्थल पञ्चलिंगेश्वरमा किंराती राजा तान्त्रिक योग र तन्त्रमन्त्रले प्रविण योगपुरुष पलम्वर यहां आएर ध्यानमा बस्नू हुन्थ्यो ।

हरेक बबाल कुरा (Every Brilliant Thing)

बाँच्ने कारण नै नदेख्ने आफ्नी आमालाई आफू सात वर्षकाे छँदा जीवन बाँच्न लायक बनाउने हरेक बबाल कुराकाे लिस्ट तयार पार्न थालेकाे पात्रले साे लिस्टसँग जाेडिएका स्मृतिहरूकाे माध्यमबाट आफ्नाे विगतका अनेकाैँ अध्यायहरू पल्टाउँछ । बच्पनाकाे उपजस्वरुप सुरु भएकाे साे लिस्ट तन्किँदै जाँदा र उमेर ढल्किँदै जाँदा आफ्नाे जीवनप्रतिकाे दृष्टिकोण कसरी बद्लिँदै गयाे भनेर उसले गर्ने अन्तर्दशनकाे अनि दर्शककाे सक्रिय सहभागितामा पुनर्जीवित गरिँदै गरेकाे उसकाे जीवनयात्राकाे सजीव सङ्ग्रहालय हाे 'हरेक बबाल कुरा' ।

अर्को अर्थ नलागेमा (Arko Artha Nalagema)

अहिलेको परिस्थितिसँग सारै रिस उठेको छ । दिक्क लागेको छ । वितृष्णा जागेको छ । अब, रिस उठ्यो भनेर अरुलाई कुट्दै हिड्नु भएन, उल्टै कुटाई खाईन्छ । सडकमा बिजुलीका खम्बालाई लात्तले हिर्काउदै हिंड्नु पनि भएन, आफ्नै खुट्टा दुख्छ । अब गर्ने के ?यो नाटक यही परिस्थितिको एउटा प्रतिकृया हो । शरच्चन्द्र वस्तीले कान्तिपुर दैनिकको शनिवार अंकमा लेख्ने केही व्यङ्ग लेखहरुलाई जोडजाड पारेर तयार गरिएको हो । मंचन गर्ने अनुमति दिनु भएकोमा वस्तीजीलाई हार्दिक आभार । अर्थपूर्ण चित्रका लागि अविनको जय होस । सानो चित्त दुखाई, मुलुकका नेताहरुले आफ्ना भाषणमा “नाटक” र “नौटङ्की” (यो भारत, उत्तर प्रदेशको प्रशिद्व लोक शैली हो) शब्दको जसरी प्रयोग गर्दै हुनुहुन्छ, हाम्रो आपत्ति छ । थाहा छैन भने पढ्नुहोस । तर, हाम्रो साधनाको, कामको अपमान नगर्नुहोस । नाटकमा ३ भाग छन् । समाज, कोरोना कहर र राजनीति । वस्तीजीका १० वटा लेखहरुलाई १० जना युवा निर्देशकले निर्देशन गरेका छन् । मैले त संयोजन मात्र गरेको हुँ । लाग्यो, यिनीहरुले ठाँउ पाउनु पर्छ । ठाँउ पाएपछि त आफूलाई प्रमाणित गर्न सकिन्छ नी । गल्ती गरेर त सिकिन्छ । तपाईले माया गरिदिनु भयो भने यी युवा कलाकार र निर्देशकलाई ठूलो टेवा हुनेछ । भूलचूक लिने दिने । प्रदर्शनपछि तपाईका अमूल्य सल्लाह, सुझाव, टिप्पणी र असहमतिको प्रतीक्षामा... सुनील पोखरेल

Soliloquy of six characters (६ पात्रको एकालाप)

How many stories does it take to change a mindset? How may tell you? how may we show? "Look at me, I embody society's evil," says a character, as she speaks on behalf of womanhood. 6 stories and I gender makes up for "6 patrako Ekaalaap", Shilpee Theatre Group's new production. The play comprises a physical theatre, music, and text. Aalap upon Aalap on Cast Discrimination, Body Shaming, Class Difference, Gender Bias, Color Discrimination and Rape on Women sings the Raga of women's oppression in the current times. Are you ready and willing to listen?

Night Mother

‘Night Mother was written by American playwright Marsha Norman in 1981 and premiered at the American Repertory Theatre in Cambridge, Massachusetts. The play transferred to Broadway in 1983, where it ran for almost a year and received four Tony nominations. Also in 1983 Norman won the Pulitzer Prize in Theater for the play. The play was a radical sensation when it premiered in the 80s, placing two female characters at the forefront of a situation that is life-or-death as well as traditionally domestic. It prompted a conversation not only about the bleakness of life in contemporary American but also the silent struggles women face all over the world. The play has clearly stood the test of time, receiving a revival on Broadway in 2004. We believe the show remains relevant in 2019 Nepal, serving as a reminder that there is strength in vulnerability and that it is never too late to have a difficult conversation. 

True West

True West,an iconic drama about the “real” American West, explores issues of explosive masculinity and American dreams of freedom and Hollywood success. The conventional Austin struggles with his screenplay in a retreat from family at his mother’s home when his rogue brother Lee blows in from the desert and takes over his career and life. In a 1973 Obit, the New York Times writes that Mr. Shepard’shallucinatory plays redefined the landscape of the American West and its inhabitants. 

Mahabhoj (महाभोज)

लगभग चालीस वर्ष अगाडि लेखिएको महाभोजलाई तीन ‘पी’ मा यत्नपूर्वक बुनिएको छ – प्रेस, पोलिटिक्स र पुलिस । राजनीति, प्रहरी र मिडिया कसरी एकअर्कासँग जोडिएका छन् र त्यसको चक्रव्यूहभित्र जनता कसरी कैद छन् भन्ने कुरा हिन्दूस्तानी साहित्यकार मन्नु भण्डारीले उपन्यासबाट नाटकमा रुपान्तरण गरेकी छिन् । र, अनुप बरालले यसलाई एपिक रुप र शैलीमा ढालेका छन् ।

Gumfun (गुम्फन)

एलिसा सालोको फिनिस नाटक “रयादेस्सवारा” बाट प्रभावित यस नाटकलाई नेली केइनानेन र लिया अब्सेसको अंगेजी अनुबाद “फलिङ” बाट जिवेश रायमाझीद्वारा नेपालीमा अनुवाद गरिएको हो । तर यसलाई नेपाली परिवेश र अहिलेको सामाजिक परिस्थितिसगँ जोड्न निर्देशक आफैले अनुकरण गरी निर्देशन गरेका हुन् ।

Arko Kurukshetra (अर्कों कुरुक्षेत्र)

द्रौपदी पीडा भोग्नेहरुको संख्या बढ्दो छ । सीताको अग्नि परीक्षा लिनेहरुले रामको परीक्षा किन लिएनन् ? आज पनि भोगिरहेछन् द्रौपदीहरु अनेक अनेक पीडाहरु । मरिरहेछन् निर्मला मृत्युहरु ।सत्ता र शक्तिहरु मौन छन् जसरी मौन थिए भीम र अर्जुनहरु ।परम्परा ,संस्कार र संस्कृतिका नाममा यिनै मौन सत्ताहरुका कथा लेखिए तर लेखिएनन् द्रौपदीहरुका वेदना र विद्रोहहरु । विभेदका पर्खालहरु अझै बाँकी छन् । कृष्ण कहिले आउलान र भत्काइदेलान् ती पर्खालहरु ,कहिलेसम्म कृष्णकै प्रतीक्षा गरिरहने ? यिनै प्रश्नहरुका उत्तर खाज्ने प्रयत्न हो प्रस्तुत नाटकको ।परम्परा र नवीतबीचको द्वन्दलाई प्रस्तुत गरने प्रयास हो । कुनै एक व्यक्ति पात्रको कथा होईन , हजारौँ वर्षदेखि अस्तित्व वञ्चित अनेक अनेक संख्याहीन पात्रहरुको कथा हो यो । द्रौपदीदेखि निर्मलासम्म , सीताको अग्नि परीक्षादेखि रामबतीयाको अग्नीदाहसम्मको प्रतीकात्मक कोलाजीय प्रस्तुति ।