Rajendralaxmi (राजेन्द्रलक्ष्मी)

Staged from June 22, 2018 to July 8, 2018

‘राजेन्द्रलक्ष्मी’ नेपालकी पहिलो महिला शासनकर्ता राजेन्द्र राज्यलक्ष्मी देवी शाहको जीवनकथामा आधारित नाट्य प्रस्तुति हो । पृथ्वीनारायण शाहले शुरु गरेको राज्यविस्तार अभियानकी एक अभियन्ताको रुपमा उनले गरेको योगदानलाई नेपाली इतिहासमा छिटफुट अध्ययन गर्ने गरेको पाइन्छ । यद्यपि, पुरुषप्रधान समाजमा पुरुष दृष्टिकोणबाट हेर्दा उनको योगदान एकदमै धमिलो देखिन्छ । यो नाट्यप्रस्तुतिमा राजेन्द्रराज्यलक्ष्मीको जीवन संघर्षलाई स्वयम् उनकै र समकालिन महिलाहरुको दृष्टिकोणबाट हेर्ने प्रयास गरिएको छ । इतिहासमा उल्लेख नभएका कारण कथानकका कतिपय घटनाहरु काल्पनिक लाग्न सक्छन् । इतिहासलाई ‘शक्तिसम्पन्न कलमले लेखिएको सरकारी दस्तावेज’ मान्ने हो भने हाम्रो योे कल्पनाशीलतालाई सृजनात्मक छुट प्राप्त हुने विश्वास हामीले लिएका छौं ।

Directional Note

नृत्यनाटिका राजेन्द्रलक्ष्मीलाई म मेरो इतिहासप्रतिको असहमति र भविष्यप्रतिको चिन्ता हो भनेर भन्न चाहन्छु । म र मजस्ता अरु नौ जना साथीहरुको बुझाई हो यो नाटक । हाम्रो बुझाई दर्शकसम्म पुग्दा उत्साह/जिज्ञासा/खुशी/प्रश्न आदि इत्यादि बन्नेछन् भन्ने आशा हामीले लिएका छौं । नाटक निर्माणमा धेरैले सघाउनुभएको छ, सवैलाई धन्यवाद । 

एस्थेटिक डान्स स्टुडियोको बारेमा
एस्थेटिक डान्स स्टुडियो काठमाडौंमा खोलिएको नृत्यसम्बन्धी काम गर्ने कम्पनी हो । यो कम्पनीले नृत्य प्रशिक्षण तथा विधागत कार्यक्रमहरुको र विशेषगरी कत्थक नृत्यसम्बन्धि कार्यक्रमहरुको आयोजना गर्दछ । यस कम्पनीको आयोजनामा यसभन्दा अघि कत्थक नाचसम्बन्धि लामाछोटा प्रशिक्षण तथा बृहत प्रदर्शनहरु आयोजना गरिसकिएको छ । लामो समयको व्यवसायिक अनुभव पछि नृत्य क्षेत्रका कलाकारहरुद्धारा खोलिएको यस कम्पनीले भविष्यमा मौलिक नेपाली तथा विविध राष्ट्रिय/अन्तर्राष्ट्रिय नृत्य विधाहरुको अभ्यास, प्रदर्शन तथा प्रवर्धन गर्ने उद्देश्य राखेको छ । अनामनगरमा मण्डला नाटकघर छेवै एस्थेटिकको नृत्य प्रशिक्षण केन्द्रमा दैनिक नृत्य सिकाइन्छ ।

Off Stage