Yogmaya (योगमाया)

Staged from June 7, 2019 to July 1, 2019

... NOT AVAILABLE ...

Directional Note

माधवी, यायति हेरपछि प्रतिक्षारथ दर्शकको अपेक्षा पूरा गर्नु थियो । 'टंकले शास्त्रीय काम गर्छ' को 'स्ट्याम्प' हटाउनु झन् ठूलो चुनौती । नाट्य रुपान्तर देखि मञचनसम्मै चुनौती थिए र अन्तिम मञ्चनसम्म सहिरहनेछन् । यसो फ्ल्यास ब्याकतिर लाग्नुस् त महिलाका विषयमाथि काम गर्ने ईच्छाको निरन्तरता हो योगमाया । मलाई चाहिँ ययातीमा पनि महिलाहरुकै योगदानले डोहोर्याएको थियो । 'टिम वर्क' को रुपमा योगमाया उत्कृष्ट नमुना हो । टिमले मलाई निर्देशक मानिदिएको मात्र हो । जब नयाँ नाटक शुरुहुन्छ, केहि नजानेको बबुरो भईदिन्छ मस्तिष्क । फरक फरक समूह, गुरुहरुको दिक्षान्तबाट आउनु भएका साथीहरुको टिमसँग धेरै कुरा सिक्न पाएँ । वहाँहरुको सहयोगले असाध्यै उत्साहित छु । यो 'टिम वर्क' टिकाई रहन पाए । 

बहस, चर्चाको लोभ भन्दापनि कामको निरन्तरता हो नाटक योगमाया । नीलमजी र मणिजीबाट स्वीकृति पाउनुले झन् उत्साहित भएँ । चर्चित कृतिमाथि काम गर्नु सुत्रमा बाँधिनु हो । लेखक, वहाँका पाठक र हाम्रा दर्शकहरुको अपेक्षाको उपेक्षा हुने छैन भन्ने विश्वास छ ।