अर्को अर्थ नलागेमा (Arko Artha Nalagema)

Staged from March 2, 2021 to March 20, 2021

अहिलेको परिस्थितिसँग सारै रिस उठेको छ । दिक्क लागेको छ । वितृष्णा जागेको छ । अब, रिस उठ्यो भनेर अरुलाई कुट्दै हिड्नु भएन, उल्टै कुटाई खाईन्छ । सडकमा बिजुलीका खम्बालाई लात्तले हिर्काउदै हिंड्नु पनि भएन, आफ्नै खुट्टा दुख्छ । अब गर्ने के ?
यो नाटक यही परिस्थितिको एउटा प्रतिकृया हो । शरच्चन्द्र वस्तीले कान्तिपुर दैनिकको शनिवार अंकमा लेख्ने केही व्यङ्ग लेखहरुलाई जोडजाड पारेर तयार गरिएको हो । मंचन गर्ने अनुमति दिनु भएकोमा वस्तीजीलाई हार्दिक आभार । अर्थपूर्ण चित्रका लागि अविनको जय होस ।
सानो चित्त दुखाई, मुलुकका नेताहरुले आफ्ना भाषणमा “नाटक” र “नौटङ्की” (यो भारत, उत्तर प्रदेशको प्रशिद्व लोक शैली हो) शब्दको जसरी प्रयोग गर्दै हुनुहुन्छ, हाम्रो आपत्ति छ । थाहा छैन भने पढ्नुहोस । तर, हाम्रो साधनाको, कामको अपमान नगर्नुहोस ।
नाटकमा ३ भाग छन् । समाज, कोरोना कहर र राजनीति । वस्तीजीका १० वटा लेखहरुलाई १० जना युवा निर्देशकले निर्देशन गरेका छन् । मैले त संयोजन मात्र गरेको हुँ ।
लाग्यो, यिनीहरुले ठाँउ पाउनु पर्छ । ठाँउ पाएपछि त आफूलाई प्रमाणित गर्न सकिन्छ नी । गल्ती गरेर त सिकिन्छ । तपाईले माया गरिदिनु भयो भने यी युवा कलाकार र निर्देशकलाई ठूलो टेवा हुनेछ । भूलचूक लिने दिने ।
प्रदर्शनपछि तपाईका अमूल्य सल्लाह, सुझाव, टिप्पणी र असहमतिको प्रतीक्षामा...
सुनील पोखरेल

Directional Note

Off Stage