Arko Kurukshetra (अर्काे कुरुक्षेत्र)

Staged from Aug. 9, 2019 to Sept. 17, 2019

द्रौपदी पीडा भोग्नेहरुको संख्या बढ्दो छ । सीताको अग्नि परीक्षा लिनेहरुले रामको परीक्षा किन लिएनन् ? आज पनि भोगिरहेछन् द्रौपदीहरु अनेक अनेक पीडाहरु । मरिरहेछन् निर्मला मृत्युहरु ।सत्ता र शक्तिहरु मौन छन् जसरी मौन थिए भीम र अर्जुनहरु ।परम्परा ,संस्कार र संस्कृतिका नाममा यिनै मौन सत्ताहरुका कथा लेखिए तर लेखिएनन् द्रौपदीहरुका वेदना र विद्रोहहरु । विभेदका पर्खालहरु अझै बाँकी छन् । कृष्ण कहिले आउलान र भत्काइदेलान् ती पर्खालहरु ,कहिलेसम्म कृष्णकै प्रतीक्षा गरिरहने ? यिनै प्रश्नहरुका उत्तर खाज्ने प्रयत्न हो प्रस्तुत नाटकको ।
परम्परा र नवीतबीचको द्वन्दलाई प्रस्तुत गरने प्रयास हो । कुनै एक व्यक्ति पात्रको कथा होईन , हजारौँ वर्षदेखि अस्तित्व वञ्चित अनेक अनेक संख्याहीन पात्रहरुको कथा हो यो । द्रौपदीदेखि निर्मलासम्म , सीताको अग्नि परीक्षादेखि रामबतीयाको अग्नीदाहसम्मको प्रतीकात्मक कोलाजीय प्रस्तुति ।

Directional Note

मितव्ययी रंगमञ्चको अवधारणामा काम गर्ने मेरो रुचिलाई प्रस्तुत नाटकमा पनि प्रयोग गर्ने प्रयास गरेको छु । एउटै कथाको प्रवाहमा कुनै अमुक पात्रका आरोह अवरोहलाई अन्त्यसम्म डोर्याउने कथा होईन यो । कथाका अनेक मोडहरुमा अनेक पात्रहरु कोलाज भएर आएका छन् । ती कोलाजीय चरित्रहरुलाई एक जना अभिनेत्रीले नै प्रतीकात्मक प्रस्तुति निर्वाह गर्नुपर्दा निर्देशकीय चुनौति महसुस गरेकोछु । यथार्थ कथ्यलाई अयथार्थ प्रस्तुतिको ढाँचा दिँदा सम्प्रेषणीय व्यवधान आउन सक्छ कि भन्ने त्रास छ । विम्व र प्रतीक मेरा आधार हुन् । खासगरी चरित्र र कथानकको विसङ्गति प्रस्तुतिमा तिनको तारतम्य सरल रेखामा नबगोस भन्ने मेरो चाहना हो ।कथामा परम्परागत सोच र मानवीय अस्तित्व बीचको द्वन्द छ कुनै दुई अमुक व्यक्ति बीच होईन दुई समय र वर्ग बीचको द्वन्द हो । लेखक र अभिनेत्री प्रतिनिधि पात्र मात्र हुन् । यो द्वन्दलाई यी दुई प्रतिनिधि चरित्रहरुको उपस्थितिले स्वभाविक अवतरण लिउन् भन्ने मेरो सोच हो ।प्रस्तुतिमा विद्रोहकोअराजकता होईन अस्तित्वकालागि गरिएको स्वभाविक प्रयत्न होस् भन्ने मेरो निर्देशकीय चिन्तन हो । मूल्यांकन गर्ने जिम्मा आदरणीय दर्शकहरुलाई ।

Off Stage