Atal Bahadurko Atanka (अटलबहादुरको आतंक)

Staged from July 23, 2018 to Aug. 1, 2018

नाटक हेर्नी विधा हो । त्यसैले यो नाटक हेरेसी नाटकमा भ’को सप्पै कुरा बुजिन्च । तर बुज्नी कुरो चाइँ मुन्छेपिच्छे फरक पनि हुन सौच । कलाको मर्म नै त्यै हो जस्तो लाउच हाम्लाई

Directional Note

मेरो सपना थ्यो, पोखराँ दिनदिनै नाटक देखाम्नलाई नाटक घर बनाम्नी । यसैका लाई म र मेरो साथे रविन्द्र काठमण्डूदेखि पोखरा आएम् । तिर्थ श्रेष्ठ दाई, सरुभक्त दाई र प्रकाश घिमीरे दाईसँ सल्लाह अरेसी प्रकाश दाईलाई लिएर हामी धेरै ठाम्मा जग्गा हेर्दै हिनेम् । राम्रा ठाम्मा हाम्ले किन्न सकेनम् । नराम्रा ठाम्मा हाम्रो मन बसेन । तो सपना त्यत्तिकै थाँती राखेर हामी फेरि काठमाण्डू फर्केम् । यो कुरो लगभग सात आठ बर्ष अगिको हो ।
एकदिन सुनें, ‘पोखराँ नाटक घर खुलो अरे ।’
यो कुरो सुनेसी म धेरै खुसी भएँ । मलाई लायो, राम्रो सपना देखियो भने तो सपना अरु मुन्छेले नि पुरा अर्दिँदा रैचन् । पक्कै पनि राम्रा सपना धेरै मुन्छेका साजा सपना भ’र होला त्यस्तो भ’को ।
सबभन्दा पइला त आर्थिक जोखिम लिएर मेरो पनि सपना पुरा अर्दिएकोमा यो गन्धर्व नाटकघर खोल्नी मुन्छेहोरलाई मनैदेखि धन्यवाद भन्चु । र, भन्चु तपाईंहरुको पैसा खर्च भए’नि यो सांस्कृतिक थलो सप्पैको हो । भावनात्मक रुपले यो नाटक घरसँ सबै कला सर्जक जोडिएका हुन्चन् । यो कुरो सँधै मनमा राख्नुहोला ।
अटलबहादुरको आतंक नाटक केही बर्ष अगि आरोहण गुरुकुलाँ मञ्चन भ’को थ्यो । त्यतिबेला सबै तारतम्य मिलाईदिनी र मलाई हौसला दिनी मुन्छे मेरा गुरुजी सुनील पोखरेल त्यतिबेला नाटकमा खेल्नी र पर्दापछाडि काम अर्नी सबै साथीहरुप्रति म आभारी छु । र, अहिले सप्पै तारतम्य मिलाई दिनी पोखरा थिएटरका मुन्छेहोरु परिवर्तन, दिलप्रसाद गुरुङ, शंकरनाथ कोइराला र सप्पै अग्रज तथा साथे कलाकार अनि प्राविधिकप्रति म आभारी छु ।
जीवनमै पइलोपल्ट नाटक पोखरामा हे¥योथें । जीवनमै पइलोपल्ट नाटक पोखराँ खेल्योथें । धेरै बर्षपछि आज आँपैmले लेखेको नाटक निर्देशन अर्न पोखरा आ’छु । मलाई धेरै बर्षपछि घर फर्केजस्तै ला’छ ।
कलाकर्म अर्नलाई मलाई सँधै फुक्काफाल छोड्दिनी मेरा बा’आमा र श्रीमति रोजिनाप्रति म कृतज्ञ छु । अनि मलाई आप्mनो औँला समात्न दिएर कलायात्रामा हिँड्न सिकाम्नी मेरा गुरुजी अनुप बरालप्रति म झनै कृतज्ञ छु ।

Off Stage