Bhagawat Tolema Bholaram (भागवत्-टोलमा भोलाराम)

Staged from Jan. 24, 2018 to Feb. 4, 2018

रे ! अरे ! सम्बद्ध सल्लाह-हल्ला नेपाली सामाजिक संरचना र सम्बन्धहरु भित्रको मूलचरित्र हो । अझ सल्लाहको अइँचो-पइँचो बिना हामी बाँच्नै सक्दैनौ । गाउँ देखि भब्य महानगरका प्रत्येक गल्लीहरुमा सल्लाह-हल्ला शिरोमणीहरुको बर्चस्व छ । अनि हरेक पाईलमा आ-आफ्नै विशेषता बोकेका थुम्के भागवत् टोलहरु छन् । 

सकभर आफू नभएर अन्यलाई जीवित देवी-देउता, विज्ञ चिकित्सकको व्यवसायिक ओहदा दिएर केहि नभएको वा सामान्य घाउ खटिरादेखि बिरामीको भूत-भविश्य भागवत् टोलका भोलारामहरु माथी प्रयोग गरिन्छ । रोग पत्ता लगाउने नाउँमा दर्जनौ तान्त्रिक परिक्षण र त्यसपछि अनिश्चित अवधिकालागि किलोका दरले अनेकौ औषधि बिरामीलाई भिराईन्छ । रोचककुरा, त्यसलाई सिधै अस्वीकृत गर्ने आँट कस्मा ? अशिक्षितदेखि माक्सवादी दर्शनको व्याख्याकारहरु समेत सल्लाह शिरोमणि सामु निरिह ठहरिन्छन् ।

हरेक दिन - नयाँ मृत्युको जन्म, प्रत्येक रात अर्को मृत्युको पूर्वअभ्यासमा जुट्छन भागवत् टोलका भोलारामहरु आ-आफ्नो आत्मालाइ सुत्रधार बनाई ।

यति मात्र होईन दाह-संस्कार कहाँ, कसरी कसले गर्ने ? अनि १३ औ दिनको कार्य तालिका गाढ्ने, पोल्ने सम्मका छलफल सल्लाह शिरोमणिहरुको रोहावरमा चलाईन्छ । 

Directional Note

अचेल, कहिलेकाहीँ आफुलाई विकट हिमाली भेगमा पाईने यार्सागुम्बासँग दाँज्न रुचाउँछु किनकी यार्सा र मेरो जीवन उस्तै-उस्तै । ऊ भुइँ मुनी अर्ध वनस्पति र भुइँमाथी अर्धकिरा । म नेपथ्यमा आधी लेखक, मञ्चमा आधी निर्देशक । उसको र मेरो बीच भिन्नता - अर्थ उपार्जनका निम्ति यार्सालाई एकथरी खोताल्न लालयित, अर्का थरि बजार मुल्य तोक्न आतुर । तर म न कसैबाट खोतालिन्छु, न तोकिन्छु । ऊ जरिबुटीबाट मुल्यवान अनि म दर्शकदिर्घामा सधै मुल्याङ्कन हुन बाँकी, सम्भवत: मूल्यहिन 'पार्श्व पात्र' । मञ्चमा स्वयंमलाई जति बुझ्न खोज्छु, उति नै उघ्रिन्छु । लेखेका सबै काट्न पनि गाह्रो, नकाटी चित्तै नबुझ्ने । 

लगभग तिन बर्ष लाग्यो 'भागवत् टोलमा भोलाराम' अनि सल्लाह-हल्ला शिरिमणिहरूको आन्तरिक चरित्र र बाह्य पात्र चिन्न, अनि मात्र तयार भो यसको प्ररम्भिक मञ्चियखाका । पाण्डुलिपीको गर्वधारण गरि प्रसुतिकालागि भौतारिरहेको बेला समकालिन शहरमा प्रख्यात मण्डला नाटकघरले आमन्त्रण गर्यो, बेदना निष्काशनका निम्ति आभारी छु मण्डलाका युवा सारथी अनि मेरो पात्र ज-जसले मलाई फेरी एक पटक मञ्चमा मातृत्व सुखको अवसर दिएका छन् । 

मात्र डर एउटै कुराको - यस नाटकमा प्रमुख पात्र माथी मैले गरेको एक सन्की प्रयोगलाई मेरो आदरणीय दर्शकदिर्घाबाट कस्तो खाले छाप हानिने हो कुन्नी ? 

थाहा छैन ॥

Off Stage