Can't Pay Won't Pay (सकेको तिरौंला, नत्र फिरिमा)

This play is running at Mandala Theatre (मण्डला थिएटर). Shows: Today at 17:30 . Tomorrow at 17:30 . See more..

सरिता र प्रमिला छिमेकी हुन् । एकदिन सरिता घर फर्किदा महँगा सामानहरु झोलाभरी अटाई नअटाई र सकिनसकि बोकेर फर्किरहेकी हुन्छिन् । आफ्नो जिज्ञासु स्वभावका कारण प्रमिलाले सरितालाई प्रश्नहरुले खोजिनिती गर्छिन् । सरिता पहिले त अपत्यारीला घटनाहरु सुनाउछिन् तर प्रमिलाले नपत्याएको देखेर सबै घटना बेलिबिस्तार लगाउछिन् ।
सुपरमार्केटमा सामान महँगीले छोईनसक्नु हुनाका कारण केहि महिला मिलेर हुलदंगा गरेका र आफुपनि सोहि भिडमा मिसिएर सामानहरु लिएर आएको कुरा बताउछिन् ।
सामान कहाँ लुकाउने ? पुलिससँग कसरी बच्ने ? र के उनीहरुका ट्याक्सी चालक लोग्नेहरुले यो कुरा स्वीकार्लान् ? यही प्रश्नको वरीपरी नाटक घुमेको छ ।
विशेष तथा अनौठो परिस्थिती वरीपरी घुमेको यो नाटकले, करप्रणाली र बजारमा हुने मूल्यवृद्धिका कारण दुई श्रमजीवी ट्याक्सी चालक र उसको परिवारले भोग्नु परेका कठिनाईहरुलाई व्यङग्यात्मक शैलीमा प्रस्तुत गरेको छ ।

मुलुकको अहिलेको समसामयिक सामाजिक र राजनैतिक अवस्थालाई केन्द्रमा राखेर ‘सकेको तिरौंला नत्र फिरिमा’ नाटक बनेको छ । दैनिक जीवनमा हामीले भोग्न परिरहेको हैरानी र आक्रोशलाई यसमा समेट्न खोजिएको छ । यसको कथा तपाईँकै वरपर घटिरहेको हुनसक्ला । नाटकमा आफूलाई खोज्नुभयो र पाउनुभयो भने हामी खुशी हुनेछौँ ।

Directional Note

हाम्रो काम कथा भन्ने हो । मलाई सधैं जसो आज हामीले बाँचेको परिवेश, भाषा, रहनसहन (लाइफस्टाइल)लाई स्टेजमा ल्याउँ जस्तो लाग्छ । हामीले स्वीकारेको सिस्टम र हामीलाई बाध्य पारिएको सिस्टम नै यस्को धागो हो । हामी त्यसैमा जानेर वा नजानेर जेलिएका छौँ ।
पछिल्लो समय थिएटर ओलम्पिक्समा भाग लिन जाँदा दिल्लीको नेसनल स्कुल अफ ड्रामाको पुस्तकालयमा डारियो फो (कान्ट पे ? वन्ट पे !), चुकाएँगे नहिको रुपमा भेटिए र हामिमाझ सकेको तिरौंला, नत्र फिरिमा बनि व्यूतिएका छन् ।
बीचको समय मन्त्रका साथीहरुको साथमा नाटक ‘मिरा मिराज’ निर्देशन गरें, जुन विराटनगर गुरुकुल र पोखरा सभागृहमा मञ्चन भयो । यो अवधिमा देशका फरकफरक शहरको अनुभूतिहरु संगाल्ने मौका जु¥यो । अहिलेको काठमाडौंको वातावरण, राजनीतिक परिवेशसंगै मुल्यवृद्धि अनि कर प्रणाली । यी सबै कुराले गर्दा अहिले यो कथा भन्नपर्छ भन्ने लागेको छ ।
यो नाटक बन्नमा अग्रज दाजुहरु, साथीहरुको साथ र सहयोगको लागि हृदयदेखि नै धन्यवाद ।

Off Stage