Staged from Aug. 2, 2017 to Aug. 15, 2017
सत्रौं सताब्दीका गोर्खा राज्यका राजा रामशाह, किम्बदन्तीमा तत्कालिन समयकै भनिएका गुरु गोरखनाथका शिष्य लखन थापामगर अनि रामशाहकी महारानी लीलावतीबीचको सम्बन्धलाई आधार बनाइ केहि दन्त्य कथा, केहि ऐतिहासिक कथन अनि केहि काल्पनिक घटनाहरु इम्प्रोभाइज गरी नाटक दरौदीको पानी लेखिएको हो र यो इतिहासको बर्णन होइन, बरु ऐतिहासिक कथा हुन सक्छ कि ! नाटकमा प्रेमको अर्थ खोज्ने प्रयास गरिएको छ ।
“लु त आशान्त डबली यात्रा गर्नुपर्यो कुन नाटक तयार छ ल्याउ” प्राज्ञ दाजु पुस्कर गुरुङले भनेपछि झस्किएर नाटक तयार गरम भनी एक्टर्स स्टुडियोका पूर्वप्रशिक्षार्थी र मन खाने केहि कलाकार साथीहरुसँग छलफल भयो । कुन नाटक? कस्तो खाले? केहि समय छटपट्टीएर आफैले नाटक तयार गर्ने भयङ्कर निर्णय गरेपछि डेढ महिना यी सात कलाकारहरुलाई दिनुसम्म खप्की दिइ तिनीहरुका मनमनैका सराप लिनुसम्म लिई नाटक यो स्वरूपमा आएको हो । निर्देशनमै सिकारु हो, लेख्नलाई कसरी हात हाल्नु? अनुप बराल सरले कुरैकुरामा एकदिन “लेखनमा हात हाले पो सकिन्छ, सकिन्न भन्ने थाहा हुन्छ, हातै नहाली कसरी थाहा पाउछौ” भनेपछि आटेको हो । आफैलाई परिक्षण गर्दा नाटकप्रेमी दर्शक, समिक्षक, अग्रज एवं स्रस्टाहरुको समयलाई अर्घेलो पारेको छ कि भन्ने डर लागीरहेको छ । त्यहि फेरी पनि यहाहरुले मलाई काम सुधार्ने मौका दिनुहोला भन्ने अपेक्षा गरेको छु । यहाहरुकै सल्लाह, सुझाब, समिक्षा, समालोचना मेरो काम सुधार्ने स्रोत हुनेछ । नमन ।