हरेक बबाल कुरा (Every Brilliant Thing)

Staged from Sept. 10, 2021 to Sept. 17, 2021

बाँच्ने कारण नै नदेख्ने आफ्नी आमालाई आफू सात वर्षकाे छँदा जीवन बाँच्न लायक बनाउने हरेक बबाल कुराकाे लिस्ट तयार पार्न थालेकाे पात्रले साे लिस्टसँग जाेडिएका स्मृतिहरूकाे माध्यमबाट आफ्नाे विगतका अनेकाैँ अध्यायहरू पल्टाउँछ । बच्पनाकाे उपजस्वरुप सुरु भएकाे साे लिस्ट तन्किँदै जाँदा र उमेर ढल्किँदै जाँदा आफ्नाे जीवनप्रतिकाे दृष्टिकोण कसरी बद्लिँदै गयाे भनेर उसले गर्ने अन्तर्दशनकाे अनि दर्शककाे सक्रिय सहभागितामा पुनर्जीवित गरिँदै गरेकाे उसकाे जीवनयात्राकाे सजीव सङ्ग्रहालय हाे 'हरेक बबाल कुरा' ।

Directional Note

"मलाई अहिले आएर के रियलाइज भएको छ भने, कुरा गर्नुपर्दो रहेछ । अझ जेको बारेमा कुरा गर्न अप्ठ्यारो हुन्छ, त्यसको बारेमा झन् कुरा गर्नुपर्दो रहेछ।"

यो नाटकले मलगायत धेरै जनाको मानसिक स्वास्थ्यसँगको सङ्घर्षलाई समेटेको छ। कोरोनाको प्रकोपले हामीलाई शारीरिक रूपमा धेरै जोखिम त पुर्यायो नै, सँगसँगै मानसिक रूपमा पनि हामीलाई लाचार, विवश र एक्लो महसुस गरायो। यो नाटक जीवनका जटिलता र विभिन्न लडाइँहरु जित्दै आउनुभएका सबै मानिसहरूप्रति समर्पित छ। 

जीवनको अर्थ के नै पो रहेछ त भनेर हामीमध्ये धेरैले आफूलाई प्रश्न गरिरहन्छौँ। कहिलेकाहीँ क्षणिक सुखानुभूतिले हामीलाई यो प्रश्न बिर्साइदिन्छ, र पनि हामी पटकपटक एक किसिमको भूमरीमा अल्झिरहन्छौँ। जीवन के हो भन्ने प्रश्नको उत्तर त मलाई थाहा छैन, तर के कस्ता कुराले मलाई बाँच्ने आधार दिन्छन् भनेर बुझ्ने प्रयास गरिरहेको छु। 

मेरो बबाल कुराहरूको लिस्टमा एउटा महत्त्वपूर्ण कुरा हो: सिर्जना। कला, नाटक र आफूलाई मनपर्ने काम गर्न पाउने सौभाग्यले नै मलाई बचाइराखेको छ। आज डेढ बर्षको लामो अन्तरालपछि म जीवित महसुस गरिरहेको छु। आशा छ तपाईंलाई पनि यो नाटकले अझ खुलेर बाँच्ने प्रेरणा दिनेछ।

On Stage

Off Stage