Hariyo Dhunga (हरियो ढुङ्गा)

Staged from Dec. 15, 2017 to Jan. 7, 2018

यो नाटक उपेन्द्र सुब्बाको हरियो ढुङ्गा (लाटो पहाड कथा संग्रहमा प्रकाशित) कथामा आधारित छ । नाटक भुटानी शरणार्थीका बारेमा हो । यो भन्दा बढि के भन्ने ? प्रस्तुती आफै बोलेन भने जति कुरा गरे पनि निरर्थक हुन्छ । 

Directional Note

यो 'ज्ञ' को तेस्रो प्रस्तुति हो । उपेन्द्रका कथा, कविता मलाई मन पर्छ । कुन नाटक गर्ने भनेर खोजिरहेका थियौं । नाटक पाईएन । त्यसपछि कथा खोज्न थाल्यौं । खै, कसो कसो यहि कथामा गएर ठोक्किएछौं । हाम्रो समयको ठूलो त्रासदि भएकोले पनि मन पर्यो । तपाईलाई नाटक मन पर्यो भने त्यसको जस कलाकारलाई । नाटक नराम्रो लाग्योभने त्यो अपजस मेरो टाउकोमा बोक्न तयार छु । धेरैपछि गुरुकुलका विपिन र रुरुसँग काम गर्न पाउँदा खुसीलागेको छ । प्रस्तुति पछि तपाईका अमूल्य सुझाव, टिप्पणी, प्रतिक्रिया र असहमतिको प्रतिक्षा गर्नेछु । 

Off Stage