Janayuddha Jari Chha ? (जनयुद्ध जारी छ ?)

Staged from Sept. 21, 2018 to Oct. 7, 2018

यो ‘नाटक जनयुद्ध जारी छ ?’ एउटा प्रश्न हो । नेपाली समाजले द्वन्दकालीन घटनाहरुलाई नजिकबाट महसुस गरेको छ भोगेको छ । यही कथामा रचिएको एउटा काल्पनिक द्वन्दकालमा युद्धमा होमिएका लडाकुहरूले आफैसंग र तपाइ“हामीसंग गरेको प्रश्न हो ।

Directional Note

जनयुद्ध विषय आफैँमा गम्भीर विषय हो । यस विषयमा नाटक लेख्नु र मञ्चन गर्नु आफैमा चुनौतिको पहाड उक्लिनु जस्तै हो । करिब ५/६ बर्ष पहिले एउटा नाटक लेख्दै गर्दा जनयुद्धका पूर्व लडाकुहरुसंगको बसाइले मेरो जनयुद्ध प्रतिको धारणा परिवर्तन गरिदियो । मैले सतही रुपमा बुझेको र देखेको जनयुद्ध विल्कुलै फरक पाएँ, गहन पाएँ । मेरो विचारमा जनयुद्ध विचार र हतियारको मात्र लडाइ होइन, यो भावना र सपनाको लडाइ पनि हो । जनयुद्धले देशमा के परिवर्तन ल्यायो वा ल्याएन आफैँमा समीक्षाको विषय बन्ला तर जनयुद्धमा सहभागी योद्धाहरूको जीवनमा के वित्यो भन्ने कुरा पनि महत्त्वपूर्ण छ होला जस्तो लाग्छ । के उनीहरुलाई देखाइएको सपना पूरा भयो होला ? हजारौँ प्रश्नहरु बीच रुमलिरहेको मेरो दिमागी हालत यो नाटकमा प्रस्तुत गर्न खोजेको मात्र हो । यो नाटक मार्फत मैले तत्कालीन विद्रोही वा राज्यको समर्थन वा विरोध गर्न खोजेको होइन । यो जनयुद्धमा घटेका हजारौ“ घटना मध्येको सानो टुक्रा मात्र हो । यो नाटक मार्फत मैले तत्कालीन जनयुद्धका लडाकुहरुको मनोविज्ञानलाई रंगमञ्चमा उतार्न खोजेको छु ।
मैले नाटक लेखन तथा निर्देशन गरी मञ्चसम्म ल्याएको छु । यो नाटक अब मेरो भन्दा हजुरहरूको भयो, अब नाटक हेरेर मलाई गाली गर्नु होला तपाइँको गालीले मलाई फेरि नयाँ नाटक गर्ने ऊर्जा प्रदान गर्नेछ।
यो नाटक मञ्चसम्म ल्याउदा मलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुः आदरणीय गुरु अशेष मल्ल जसले नाटक लेखन मञ्चनमा सधै हौसाउनु भयो र सधै अभिभावकत्व निर्वाह गर्दै सजक र अगाडि बढ्न हौसला गर्नुभयो । त्यस्तै सधैँ साथ र उत्साह गरी रंगमञ्चमा लागीरहन उत्प्रेणा दिनुहुने गुरुआमा प्रा.डा.सावित्री कक्षपती, कवि बाबु त्रिपाठी, दाजु जिवेश रायमाझी, विनिता मरहट्टा, कवि छवि रमण सिलवाल, सम्पदा मल्ल लगायतमा मनैदेखि धन्यवाद दिन चाहन्छु।