Ko 1 Chha Chha 1 Chha (को १ छ - छ १ छ)

Staged from Aug. 11, 2017 to Sept. 2, 2017

भन्नेहरुले “जीवन यात्रा हो” भन्छन् । “यात्रा नै जीवन हो” पनि भन्छन् । यी दुई कुरालाई मिसाएर÷स्वीकारेर निष्कर्ष निकाल्ने हो भने जीवनमा हुने घटनाहरुलाई यात्राका मोडहरु भन्न सकिन्छ । सामान्यतयाः जीवनलाई यात्राका आधारमा वर्गीकरण गरिन्छ भने यात्राहरुलाई दूरीका आधारमा वर्गीकरण गरिन्छ । छोटो दूरी, लामो दूरी या अरु कुनै पनि प्रकारका यात्राहरुमा कहिलेकाँहि नसोचेका कुराहरु भइदिन्छन् । नसोचेका घटनाहरु घटिदिन्छन् । तीमध्ये केहिले लामो समयसम्म पनि आफैलाई घच्घच्याइ रहन्छन् र त्यो समयमा पु¥याइदिन्छन् ।
एउटा छोटो दुरीको यात्रामा एउटा युवकमाथि घटेको घटना र उक्त घटनाका कारण उसले भोगेको मानसिक उथलपुथललाई समेटेर बनाइएको छ, नाटक “को १ छ, छ १ छ” । एउटा ग्रामिण भेगको युवकले आफ्नो एक दिवसीय बस यात्रामा एउटी युवती भेट्न पुग्छ । युवतीको अनिद्य सुन्दरताबाट प्रभावित भएर युवकले बसभित्रै अर्को काल्पनिक यात्राको उडान भर्छ । आफ्नो प्रणय–आकांक्षालाई युवतीसामु प्रकट गर्ने उपायहरुको खोजीमा भौतारिएको युवकले कल्पनाका कस्ता कस्ता तहहरु कसरी पार गर्छ भन्ने कुरा नाटकको केन्द्रिय विषय हो । सांगीतिक नाटक भएकोले यसमा गीतसंगीतको प्रधानता छ भने संवादहरुको विरलै प्रयोग गरिएको छ ।
लेट्स इन्टरटेनमेन्टको उत्पादनमा बन्न लागेको नाटकलाई जिरो सर्कल इन्टरटेनमेन्ट्सले प्रस्तुत गर्दैछ ।

Directional Note

आधा सुर भनेर चिनिने नाटकका निर्देशक रोशनराज थापा नयाँ नेपाली संगीतका आशालाग्दा प्रतिभा हुन् । उनले नेपाली रंगमञ्चसँग नजीक भएर काम गर्न थालेको ५ वर्ष भयो । ललितकला क्यामपसबाट संगीत विषयमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका उनले थुप्रै नाटक तथा सिनेमाहरुमा संगीत दिइसकेका छन् । नौ वर्षअघि गितारवादको रुपमा आफ्नो सांगीतिक करियर शुरु गरेका उनले थुप्रै गीतहरुको धून तयार पारेका छन् भने केही कन्सर्टहरुमा सहभागी समेत भएका छन् । उनले प्रत्यक्ष संगीत दिएका चर्चित नाटकहरुमा डिग्री माइला, मितज्यू, सिरुमारानी, एक बोली एक दाम आदि पर्छन् भने कबड्डी, डाइङ क्याण्डल, धनपतिजस्ता सिनेमाहरुमा उनले तयार पारेका गीतहरु सुन्न सकिन्छ  

Off Stage