Line (लाइन)

Staged from Nov. 2, 2017 to Nov. 19, 2017

Five people queue up in a line. Waiting for what or who is never made clear, but each of them is determined to get to the front and be first, nonetheless. Using all kinds of stratagems to get ahead – some honest, some plainly clever, and some rather dubious – this static race to the top becomes a bleak metaphor of the times in which we live. And of the games we play with others and with ourselves as we teeter on the brink of chaos. The play is a satirical comedy set in the Theatre of the absurd genre which pokes fun at the human state of nothingness. Katha Ghera's Nepali adaptation of Line embraces colloquial Nepali language and employs Nepali nuances to highlight hypothetical instances one would use in order to get ahead in line, or life.

पाँचजना मानिसहरु एउटा लाइनमा ताँती लागेका छन् । केका लागि र कसलाई पर्खिएको भन्ने कुरा स्पष्ट छैन यद्यपि ती मध्ये हरेकजना ताँतीको अगाडि पुग्न र आफू प्रथम हुन व्याकुल भएर लागिपरेका छन् । लाइनमा भएका केही इमानदार, केहि सामान्य रुपले चतुर तथा केहि अलि बढी नै संदिग्ध व्यक्तिहरु अगाडि बढ्न भनी हरेक किसिमका छलकपट गर्छन् । चुचुरोमा पुग्ने यो होडबाजी हामी बाँचीरहेको समय र यहाँ हामीले एकआपसमा गर्ने लुँछाचुडीको एउटा बेरंगको रुपक जस्तै देखिन्छ ।

मानवजीवनको ‘नथिङनेस’ (अर्थहीनता /शुन्यता) माथि उपहास गरेर लेखिने बिसंगतवादी नाट्यसिद्धान्तमा आधारित व्यंग्यात्मक हाँस्य नाटक हो लाइन । कथा घेराको नेपाली रुपान्तरण यस नाटकले नेपाली बोलीचालीका भाषाहरु प्रयोग गर्दै हामीले हाम्रो जीवनमा वा हाम्रो आफ्नै लाइनमा अगाडि बढ्न भनी के कस्ता ‘तरकीब’हरु अपनाउाछौं भनेर नेपाली फरकपना अनुसारको काल्पनिक दृष्टान्तहरु देखाउन खोजेको छ ।

Directional Note

Human beings are beautiful, but also flawed. Sometimes in order to get ahead, people stoop so low that you begin to closely regard their intentions and motives. I stumbled upon this play when I was going through an overwhelming phase, and felt it was a relevant answer to all the times I had not been able to confront people who are skilled at manipulating any situation to their advantage. Through this play I channelize this negativity into something constructive. The timelessness makes it universal. I've tried to rid this play of all the class, gender, and caste based stereotypes in the best way I can.

The blatant sexism in the portrayal of Raveena's character in the original script was problematic for me, and incidentally also for the playwright himself. In recent interviews, playwright Horovitz mentions how in today's times, he would change much in the play, in relation to her. In my own ways, I attempt to defy those stereotypes, but I do so without protecting Raveena under a sacred veil, and portray her in a way that her voice is heard and the essence of her character remains unaltered. Consequently, the characters are only a 'presentation' in order to highlight a larger narrative, and not in any way, a 'representation'. I feel blessed to work with some of my favorite actors, who happen to be beautiful human beings; a special mention to Gunjan, who worked tirelessly in managing this production. I am grateful to the recent Director's workshop I was a part of, and to Bimal Subedi, who helped facilitate a discourse on ethics and political correctness. It has stirred both me, and the Line team.

मानिस सुन्दर प्रजाति हो, तर यसका कमी–कमजोरीहरु पनि छन् । मानिस कैलेकाहिँ यति साना बन्देजहरु निर्माण गर्न थाल्छन् कि तपाईं हैन अगाडि बढ्नुपर्छ भन्दै उसका नियतहरुलाई सामान्य रुपमा लिन थाल्नुहुन्छ । म आफू अत्यन्तै सकसपूर्ण समयबाट गुज्रिरहेको बेला यो नाटकसँग ठोक्किन पुगे । हरेका अवस्थालाई आफ्ना फाइदाका लागि परिचालन गर्न सक्ने खुवी भएका मानिसहरुसँग मैले सामना गर्न नसकेका थुप्रै समयहरु छन् र ती अप्ठेरा समयलाई मैले दिनसक्ने सवैभन्दा सान्दर्भिक जवाफ यही नाटक हुनसक्छ जस्तो मलाई लाग्यो । यस नाटकमार्फत मैले आफूले भोगेका ती सम्पूर्ण नकरात्मकताहरुलाई केही रचनात्मकताको प्रवाहमा ल्याउने कोशिस गरेको छु । नाटकमा भएको समयहीनताले यसलाई सार्वभौमिक बनाएको छ । हामीकहाँ व्याप्त जातिय, लैंगिक र वर्गीय स्टेरियो– टाइपहरुबाट यो नाटकलाई बचाउन/मुक्त बनाउन मैले सक्दो प्रयास गरेको छु । नाटकको मूलपाठमा रविनाको चरित्र लिंगभेदीको पराकाष्ठाको रुपमा देखिएको कुरामा मलाई समस्या लागेको थियो । संयोगवश त्यही कुरा नाटकका लेखकलाई पनि महशुस भएको रहेछ  । नाटककार होरोभित्जले आफ्ना पछिल्ला अन्तर्वार्ताहरुमा ‘अहिलेको समयमा लेखिएको भए म यो नाटकका धेरै कुरा परिवर्तन गथे’ भनिएबाट यसको छनक पाउन सकिन्छ । नाटकमा भएका ती सवै स्टेरियोटाइपहरुलाई मैले आफ्नै तरिकाले उपेक्षा गर्न खोजेको छु तर यसो गर्दा रविनाको चरित्रलाई पवित्रताको आवरण ओढाएको पनि छैन । उनको चरित्र चित्रण गर्दा उनका आवाजहरु पनि सुनियोस् तर उनको चरित्रको सार चैं परिवर्तन नहोस् भन्नेमा मैले ध्यान दिएको छु । पात्रहरुको प्रस्तुती कथाको बृहत पक्ष औँल्याउनका लागि मात्रै हो, ती आफैँमा कुनैपनि हिसाबले प्रतिनिधि होइनन् । त्यसो त चरित्रहरुलाई विषय, पृष्ठभूमि, भाषा र लवजमा गहिरोगरी काम गराउन पूर्वाभ्यासको धेरै समय गएको छ । नैतिक मूल्यमान्यता र राजनीतिक शुद्धताका सम्बन्धमा वहाँहरुबाट भएको सहजीकरणका लागि हालसालै सम्पन्न नाट्य–निर्देशन कार्यशाला र त्यसका सहजकर्ता बिमल सुवेदीप्रति म आभारी छु । त्यहाँ सिकेका कुराले मलाई मात्र हैन, पुरै लाइन टिमलाई नै तरंगित बनाएको छ ।  मलाई मन परेका कलाकारहरुसँग काम गर्न पाउँदा एकदम आनन्द लागेको छ । उहाँहरू सबैजनाको मन सफा छ, लाइनमा उहाँहरूले निर्वाह गर्नु भएको भूमिका भन्दा बिपरित। व्यवस्थापनमा गुन्जनको अथक मिहिनेतले ‘लाइन’ को क्रियाशील प्रक्रियालाई अझ सहज बनाएको छ।

Off Stage