Loo  (लू)

Staged from March 10, 2017 to April 2, 2017

‘लू’ पश्चिमी नेपालको सीमावर्ती गाउँको कथा हो । कहिले लू, कहिले शितलहर र कहिले बाढीबाट पीडित त्यहाँका वासिन्दा राज्यबाट उपेक्षित छन् र सीमापारिबाट पीडित छन् । तर पनि गाउँलेहरुले आफुबीचको हार्दिक सम्बन्ध र धार्मिक सहिष्णुतालाई जीवन्त बनाएर राखेका छन् । रोचक तर जीवन्त लाग्ने पात्रको उपस्थितिले पत्थरपुरवाको कथालाई यथार्थको निकै नजिक पुर्याउँछ । काठमाण्डौको आँखाले तराईलाई हेर्ने दृष्टिकोणमा जोडदार प्रहार गरेको छ ‘लू’ ले । यसले हामीलाई सीमावर्ती गाउँमै पुर्याउँछ र त्यहाँका पात्र र तिनको सुखदुःखमा सहभागी बनाउँदै एउटा डरलाग्दो प्रश्न पनि हामीबीच तेस्र्याउँछ । त्यो डरलाग्दो प्रश्नले हाम्रो दिमागलाई रन्थनाउँछ ।

Directional Note

रहर मानौं उत्साह भनौं या अवसर, नाटक निर्देशन गर्नु थियो । साथ, हौसला पनि पाएकै हो । तर कथा... ?? कथा त हरेक गाँउ, शहर, घर, गल्ली, प्राणी, परिवेशमा छ । हो, एउटा कथा जसले मलाइ मेरो गाँउ, घर, परिवेशमा पुर्यायो, उपन्यास ‘लू’ ले । तर डर यो थियो की, यस्तो चर्चित उपन्यासलाई नाटकमा कसरी देखाउने ? धेरै अग्रजहरुलाई आग्रह गरें  ‘लू’ उपन्यासलाई नाट्यरुपान्तरण गर्न । सबैको जवाफ एउटै, ‘यो उपन्यास त एकदमै भारी छ ।’ सोचें, भारी भनेर काम छोड्नु की आँट गर्नु ? नयनराज दाइको चर्चित  उपन्यास ‘लू’ लाई नाटक बनाउने शाहस गरेको छु । आशा छ तपाईहरुले यो प्रयासलाई साथ दिनुहुनेछ । मेरो यो प्रयासलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण अग्रज, साथीभाई र मलाई विश्वास गरी नाटक निर्माण गरिदिने ताण्डव थिएटर नेपाल लाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

On Stage

Off Stage