Maindani (मैनदानी)

Staged from June 28, 2019 to July 21, 2019

The role of an artist is to ask question, not answer them. - Anton Chekov

हामीले यो नाटकमा दर्शकलाई ‘प्रश्न’ गरिरहेका छौं । नाटक हेरिसकेपछि पाउने ‘उत्तर’ नै यो नाटकको मुल सार हो । 

Directional Note

एण्टन चेखवको ‘The Work of an Art’ पढिसकेपछि मैले त्यसलाई थोरै आफ्नो ‘मैनदानी’ बनाउने साहस जुटाए । त्यो कथालाई परिमार्जन गरिरहँदा कथालाई दिमागमा बोकेर हिँडिरहँदा, यहि कथालाई कापीमा लेखिरहँदा मैनदानी केवल मेरो मात्र थियो । तर जुन दिन मैले मैनदानीको लेखनी मेरा कलाकार साथीहरुको हातमा थमाईदिए, त्यहि दिनदेखि मैनदानी मेरो मात्र हुन सकेन । मैले उनीहरुलाई जिम्मा लगाइदिएको मैनदानी आज उनीहरुले तपाईहरुलाई जिम्मा लगाइदिएका छन् । र, आज फेरि यो मैनदानी मेरो मात्र हुन सकेन । मैनदानी, यो नाटक हेर्ने तपाई सबै दर्शकको भयो । खुशी छु । मेरो मनमा, दिमागमा कयौं समयदेखि डुलिरहेको यो नाटक, आज माया गर्ने मनहरुको भएको छ । सम्झिलिनुस्, म तपाईँ जस्तै रंगमञ्चलाई माया गर्ने मनहरुको निर्देशक हुँ । र मैले बुझेसम्म मलाई लाग्छ, नाटक ‘मैनदानी’को निर्देशक हुनुको मीठो पाटो सायद यहि मात्र हो । सप्रेम !

Off Stage