Staged from July 26, 2019 to Aug. 16, 2019
Based on the story, Aatma ko Mimamsa by famous nepali writer Shankar Lamichhane, Aarahon Gurukul presents this play to audience after a long break. This play is directed by Prabin Khatiwada and has the legendary Sunil Pokharel on stage.
आरोहण गुरुकुलः हाम्रो मनमा र बचे कुचेको झोलामा भएको बेला नाटक गर्ने अवसर मिल्यो । यसमा सुख र दुःख दुवै छ । हामीलाई नजिकबाट चिन्ने तपाईलाई यो कुरा थाहा छ ।
लामिछानेको लेखाई, प्रभाव म भित्र कहिले सम्म रहन्छ थाहा छैन । जे भए पनि उनी आत्मिय लाग्छ सँधै । उनकै शब्दहरु सापट लिन्छु ।
शंकर लामिछानले धेरै तिर लेख्ने, भन्ने गरेको देखिन्छ, उन्ले आफूलाई कहिल्यै लेखक ठानेन् । लेखक बन्ने साहास पनि गरेनन् । ठ्याक्कै यो कुरा चैं मिल्यो । मैले पनि आफूलाई कहिल्यै निर्देशक ठानिन र परिस्थितीले मलाई निर्देशक बनाईदियो । (भाग्यको बिडम्बना भनेको यहि हो क्यारे !) निर्देशक बन्ने साहास मलाई कहिल्यै आउँदैन । आउन सक्दैन पनि । कारण, मेरो नजरमा निर्देशक देवता हो । सुनील पोखरेल हो । र म त सिर्फ शौखको साधन, एउटा इच्छा पूर्तीमात्र गरिरहेको थिएँ । खुशी लाग्छ जब तपाईले मेरो ठट्टालाई पत्याईदिनुहुन्छ ।
मण्डला थिएटर र साथीहरुलाई विशेष आभार । अभाव मै सहि, परिक्षा लिईदिएकोमा आरोहण गुरुकुल प्रति शिर झुक्नेछ । मलाई परिक्षामा उतीर्ण देख्न चाहाने साथीभाई, संघसंस्था, रंगप्रेमीहरुको म सँधै ऋणी छु ।
एक वाक्यमा....
गुरुकुल पुन शुरुवातको पहिलो खुड्किलो हो यो नाटक, हामीलाई तपाई चाहिन्छ, तपाईको साथ सहयोग चाहिन्छ ।