पचली भैरब (Pachaai Bhairab)

Staged from Nov. 11, 2021 to Nov. 20, 2021

पचली भैरब नाटकको मुख्य आशय भनेको नेपालको कला, संस्कृति, धार्मिक, परम्परागत तथा सांस्कृतिक र मौलिकताको संरक्षण, संम्वर्धन र उत्थान गर्नू हो । नेपाल मण्डलको उत्पती यहांको धार्मिक र सांस्कृतिक मिथकहरु अति नै लोकप्रिय मानिन्छन् । भाषावंशावली र चर्या नृत्य तथा गीतहरुमा धेरै आधारशिलाहरु पाईन्छन् । नेपाल मण्डल उत्पती पश्चात् दक्षिण भेगको रक्षा गर्ने जिम्मा पचली भैरबलाई दिइएको थियो । पचली भैरब सबै भैरबहरुको प्रमुख हुन् । पञ्चलिंगेश्वरको अपभ्रंस भएर पचली भएको मानिन्छ । पांच प्रकारका उर्जाको लिंग उत्पती भएको बागमती र बिष्णुमतीको दोभानमा पवित्र तीर्थस्थल पञ्चलिंगेश्वरमा किंराती राजा तान्त्रिक योग र तन्त्रमन्त्रले प्रविण योगपुरुष पलम्वर यहां आएर ध्यानमा बस्नू हुन्थ्यो ।

त्यही समयमा स्थानिय नेवा सुन्दरी नैअजिमा अर्थात् रुकमणी आफ्नो कामकाजीको शिलशिलामा वहांसित भेट हुन पुग्थिन् । दुबैबिच अगाद प्रेमसम्वन्ध भयो । मुसुका गणेश अर्थात् रुद्रविणायकको जन्म भयो । पछि नैअजिमा अर्थात् रुकमणीको कारण वहां सिद्ध हुनुभयो र पचली भैरबको रुपमा स्थापित हुनुभयो । धेरैजसो लिखित तथा मौखिकी आधारित कथाहरु र पौराणिकी भनाई र सुनाईहरुको मालाबाट यो नाटक बनाइएको हो । नेपाल मण्डलका विभिन्न भैरबहरुको र शक्तिपीठहरुलाई नियालेर हेर्दा विभिन्न किम्वदन्ती तथा भिन्न मिथ भने नरहेको होइन । हामीले नाटकलाई भाषासंगै नेपालको मौलिक नृत्यद्धारा प्रश्त्याउन खोजेका छौं ।

अष्टभैरब नृत्य र अष्टमातृका नृत्य यसका ज्वलन्त उदाहरण हून् । पचली भैरबको बाह्रबर्षे नृत्य काठमाडौं उपत्यकाका अति प्रख्यात नृत्य हुन् । पचली भैरब नाटकलाई हामीले एक सामाजिक सद्भाव दर्शाउने नाटकको रुपमा दिन खोजेका छौं । एउटै अवधारण नआइदिएको हुनाले यस नाटकमा प्रशस्तमात्रामा छलफल गर्ने विषयहरु रहेको पाइन्छ । सकेसम्म नाटकलाई पुर्णता दिन खोजेका छौं, कमिकमजोर हुनगएको खण्डमा सुझावको अपेक्षा गर्दछौं । मेरा सहयोगी हातहरुमा म आभारी छु ।

चन्द्रमान मुनिकार,
निर्देशन तथा अध्यक्ष
बज्र कला कुञ्ज

Directional Note

पहिला–पहिला किताबहरु पढ्दा मलाई लाग्थ्यो कि, ‘कसरी लेख्छन् होला ? मलाई त कहिले पनि आउँदैन होला’ । आउन त अझैपनि आएको छैन तर यस ‘पचली भैरव’ कथाको नाट्य रुपान्तरण मेरो लेखनको सुरुवाती पाइला बनेको छ । यो पाइला पक्कै रोकिने छैन ।काठमाडौंको टेकुमा जन्मिएर नेवार समुदायमा नै खेली, हुर्कि आज टेकुमा नै सिद्ध हुनु भएका भगवान पचली भैरवको कथामाथि नाटक बनाउन पाउनु र टेकुको कथा घेरा, कौशी थिएटरमा नै मञ्चन हुनु यो मेरो लागि अनौठो संयोगका साथै खुशीको कुरा पनि भएको छ ।मैले यो नाटक लेखिरहँदा धेरैपटक मेरा आमा, दिदी, बहिनी, भाउजु, काकी, माइजुहरु तथा महिला साथीहरुलाई सम्झिए । मैले म पुरुष भएर महिलाको भावनाहरु लेख्ने दुस्प्रयास गरेको छु । किनभने नाटकमा नै एउटा संवाद छ, ‘नारीले जे भोग्छ त्यो पुरुषले भोग्नै पर्दैन, भोग्नै सक्दैन । अनि भोग्दै नभोगेको कुरा कसरी बुझ्नुहुन्छ ?’म उहाँहरुसँग क्षमा चाहन्छु, उहाँहरुको भोगाई अनि भावनाहरु अझै समेट्न सकिन ।
अन्त्यमा, मलाई विश्वास गरेर यत्रो ठूलो जिम्मेवारी सुम्पनु हुने बज्र कला कुञ्जप्रति म नतमस्तक छु । साथै नाटकलाई सफल बनाउन हात बढाउनुहुने सम्पूर्णमा विशेष धन्यवाद ।

– इँगिहोपो कोँइच सुनुवार
नाटककार तथा सह–निर्देशक

Off Stage