Private is Political

Staged from April 26, 2019 to May 11, 2019

छ जना रङ्गकर्मी महिलाहरु, योनिका कथाहरुको रिहर्सलमा छन् । उनीहरुले हामीलाई हाम्रै घर–समाजका महिलाहरुको व्यथाहरु मनोवादका शैलीमा देखाउने तयारी गर्दैछन् । उनीहरु घरि–घरि आफ्नै नीजि गफ गर्दै आफ्ना डर, चिन्ता र आफूले भोग्नु परेको नमिठो यथार्थहरुलाई बिस्तारै दर्शकसामु लिएर आउँछन् । नाटकमा बाल्यकालदेखि घर, स्कुल, कलेज, विश्वविद्यालय अनि काम गर्ने स्थानमा हुने यौन दुव्र्यवहार, निर्मलाहरुको कथा, शक्तिको दुरुपयोग, अलग–अलग समुदायका महिलाहरुको भोगाईहरु मार्फत पितृसतात्मक सोचलाई चित्रण गर्न खोजिएको छ । नाटक हेरिरहँदा धेरै प्रश्न तथा जिज्ञासाहरु उत्पन्न हुनसक्छ । कसै–कसैलाई असजिलो पनि हुनसक्छ । त्यसलाई यतिकै मर्न नदिएकै राम्रो । नाटक सान्दर्भिक भएपनि पूर्ण छैन ।अब आउने दिनहरुमा पनि हामी यसलाई अझ धैरै समावेशी बनाउने कुरामा प्रतिवद्ध छौं ।

Directional Note

यो नाटक केवल नाटक मात्र नभएर एउटा अभियान हो, जुन घरका बन्द कोठाहरुबाट सुरु भएर यहाँ सम्म आएको छ । यो काम पितृसत्ताको बन्देजबाट उम्कने एउटा प्रयास हो । विगत चार वर्षदेखि हामी काठमाण्डौमा हरेक वर्ष योनिका कथाहरु (The Vagina Monologues) नाटक (एउटा अभियान) गर्दै आएका थियौं । लगभग तीस वर्ष अगाडिदेखि अमेरिकाबाट सुरु भएको यो अभियान हाल विश्वका धेरै देशहरुमा अभ्यास गरिन्छ÷देखाईन्छ । हामीले पनि यसलाई अनुवाद गरेर मञ्चमा देखाउँदै आएका थियौ । यो प्रक्रियाले महिलाहरुलाई गोप्यरुपमा कुराकानी गर्ने एउटा सुरक्षित माहोलको सिर्जना गर्दै गयो । मञ्चमा हामी महिला यौनिकताका विभिन्न पाटोहरुको बारेमा मनोवाद सुनाउँथ्यौ, ति रमाईला, पिडादायी र अनौठा लाग्थे । नेपथ्यमा हामी आ–आफ्नो वास्तविक भोगाईहरु साटासाट गथ्र्यौ । सँगै रुन्थ्यौं, हाँस्थ्यौं, एक–अर्काका कुराहरु सुन्थ्यौं अनि हौसला बाँड्थ्यौ । हाम्रा कार्यशालामा अभिव्यक्त भएका कयौं कथाहरु, भावनाहरु थुप्रै पटक मलाई इभ एन्सलरले लेख्नु भएको स्क्रिप्टभन्दा नजिक भएको महशुस हुन्थ्यो । यि हाम्रा कुरारु पनि कुनै दिन मञ्चमा लिएर आउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । गएको वर्ष (२०७५) मा भएको निर्मलाको निर्मम बलात्कार र हत्या, मानिसहरुले उनको न्यायको लागि लडेको लँडाईं, अझै न्याय नमिलेको यो समय र यहि समय संसार भरि चलिआएको ३mभतयय मुभमेन्टले मलाई हाम्रै कथाहरु सुनाउनु पर्छ भन्ने लागिरह्यो । यि कथाहरु भन्दा, सुन्दा, महिला हिसाको विरुद्ध यसरी लागिपर्दा एक किसिमको मनोबल त विकास भयो तर पनि हाम्रो आन्तरिक र सामाजिक द्वन्द जित्नका निम्ति अझै धेरै कुरा गर्न बाँकि छ जस्तो लाग्थ्यो । रिस, छट्पटि, निरिहपना छिनछिनमा उम्लेर बाहिर निस्कन्थे र म त्यसलाई जम्मा गरिरहन्थें । सहि समय, वातावरण र साथले यि कुराहरुलाई समेटेर तपाईहरु माझ लिएर आउने अवसर जुरेको छ । धेरैकुरा छुटेका छन् । तर मलाई आशा छ, तपाईले मञ्चमा कतै न कतै आफुलाई पाउनुहुनेछ । यौन दुव्र्यवहार र महिला हिंसाको विरुद्ध यो हाम्रो आवाज अन्तिमसम्म डग्मगाउने छैन । यसको लागि दृढ ऐक्यवद्दताको आवश्यकता छ ।

Off Stage