Yayati (यायाति)

Staged from Feb. 22, 2018 to March 17, 2018

ययाति महारानी देवयानी र सुसारे शर्मिष्ठाको कलहबाट दरबारमा कसैलाई शान्ति छैन । ययाति पुत्र पुरुराज विवाहको पन्ध्र दिनपछि चित्रलेखासँग पहिलो पटक दरबार प्रवेश गर्दैछन् । पुरुराजको प्रवेशसँगै देवयानी दरबार छोडेर जान्छिन् । विवाह उत्सवमा सहभागी शुक्राचार्य क्रोधित भएर ययातिलाई त्यही रातबाट बृद्धाअवस्थामा पुग्ने श्राप दिन्छन् । आफ्नी पुत्री देवयानीलाई कुवाबाट बचाएको सम्झँदै कसैले ययातिको उमेर लिइदियो भने यौवन रहिरहने निवारण उपाय पनि दिएर जान्छन् । ययातिको उमेर लिईदिन कोही पनि तयार हुँदैनन् । बुढ्यौली कसले लिने भन्नेबारे बहस र त्यसपछिका घटनाक्रमका उतारचढावसँगै नाटक रोमाञ्चक मोडमा पुग्छ ।

Directional Note

उफ !

म नरहेको एकैछिनपछि के के के के हुन थाल्दछ

पवन कसलाई स्पर्श गर्न आउँदो हो

फूल कुन दिशा भएर फुल्छ होला

आफन्तका अनुहारमा कस्तो संगीत बज्दो हो

विजयका रंगहरू आफ्नो भागमा पारेर

पराजय छोडिदेला कसैले

म नरहेको एकैछिनपछि

कुन आँखाले देख्लान् मेरा सपनाहरू

र टुङ्गोमा पुर्याउला कस्ले कस्ले भोग्ला रहलपहल यौवन

कसरी थामिएला मेरो विरासत ।

उफ ! 

Off Stage