Twelve Angry Man (१२ दुर्वासा)

Staged from Jan. 24, 2017 to Feb. 12, 2017

क्षणिक भावुकताले निर्णय गर्नु घातक बन्न सक्छ । अझ मनबाट आग्रह पुर्वाग्रहलाई टाढा राखेर कुनै पनि निष्कर्षमा पुग्न एकदमै जटिल हुन्छ र सही निर्णय लिन सकिदैन । यसरी एउटा सही निर्णय लिन नसक्नुको नतिजा महँगो सावित पनि हुनसक्छ । यस्तो गल्तीबाट बच्नलाई आम मान्छे बहुमतको सहारा लिन्छ र सत्यलाई बिर्सिदिन्छ । तर सत्य त सँधै सत्य नै हो । चाहे त्यो बहुमतले भनोस् या अल्पमतले नै भनोस् । मान्छे भित्रको रिस, आवेश, माया, घृणा वा अरु कुनै भावुकताले गर्दा आफु अनुकुल निर्णय गर्न लागिपर्छ । मान्छेले परिस्थितीलाई आफु अनुकुल ब्याख्या गरिदिन्छ र सत्यको नजिकसम्म पुग्न सक्ने सम्भावनाको बाटो बन्द गराईदिन्छ । यस नाटकमा पनि बन्द कोठाभित्र एउटा महत्वपुर्ण निर्णय गर्नलाई बाह्रजना लागि पर्छन् । अरु कसैको जीवन वा मरण उनीहरुको हातमा छ । उनीहरुको हातले कसैको जीवन जोगाउन सक्छ तर दिमागले भने मृत्युको लागि प्रेरित गरिरहेको छ । नाटकको एउटै प्रश्न छ– कसैको जीवन या मरणको निर्णय प्रति मानिस कतिसम्म निश्चित र ढुक्क हुनसक्छ ? नाटकमा जवाफहरु भने यत्रतत्र भेट्न सकिन्छ । नाटक ‘१२ दुर्वासा’ प्रसिद्ध अमेरीकी फिल्म तथा नाटक TWELVE ANGRY MEN को नेपाली रुपान्तरण हो । अमेरीकी पटकथाकार रेनाल्ड रोजद्वारा सर्वप्रथम टेलिश्रृंखलाको स्वरुपमा लेखिएको TWELVE ANGRY MEN लाई पछि उनकै पटकथामा फिल्मको रुप दिइएको थियो । भारतीय सिनेमा उद्योगमा यो नाटकको पटकथालाई रुपान्तरण गरेर बनाइएको चलचित्र ‘रुका हुवा एक फैसला’मा भारतीय रंगमञ्चका हस्तीहरु पंकज कपुर, अन्नु कपुर, एमके रैना, केके रैना लगायतले अभिनय गरेका छन् । TWELVE ANGRY MEN लाई लिएर यसको रुपान्तरण गर्ने क्रम विश्वभरी नै जारी छ ।

Directional Note

यो नाटक अभिनेता र निर्देशक दुवैका लागि जटिल नाटक हो । मैले एउटा चुनौतीपूर्ण मुख्र्याई गरेर आफ्ना सबै आग्रह–पुर्वाग्रह र रिसराग अभिनेताहरुमा घोलिसकेँ । अहिले म आफूलाई खाली महशुश गरीरहेको छु । अब अभिनेताहरुले नाटकको भार सम्हाल्नुहुनेछ । मलाई विश्वाश छ यसपटक तपाईंहरुले सधै नाटक हेरीहरेको भन्दा फरक अनुभुति गर्न पाउनुहुनेछ । म चाहन्छु– तपाईहरु पनि स्वतन्त्र भएर कुनै आग्रह–पुर्वाग्रह बिना नाटक हेर्नुहोस् र मनलाग्दी सुझाव दिनुहोस् । नाटक बनाउन सघाउनुहुने सबैलाई आभार ।

On Stage