Court Martial (कोर्ट मार्शल)

Staged from Nov. 22, 2013 to Dec. 22, 2013

Court Martial is a gripping, engrossing and powerful play written by Swadesh Deepak. It is the story of a recruit Ram Bahadur who is accused of killing his senior officer and injuring another. Ram Bahadur’s trial brings startling facts into light that questions the norms of society. This Court Martial is presided by a war veteran Col. RupakSingh, accustomed to the brutality of life but who is left completely unarmed and broken during the course of this trial. Ram Bahadur’s trial is not only life. Court Martial presents a combination of legal and poetic justice

Directional Note

स्वदेश दिपक एक प्रोलिफिक प्लेराईट हुन । उनले जुन नाटक लेखेका छन ति अत्यन्त शक्तिशाली र प्रभावकारी छन । त्यसैले उनलाई अन्य समाकालिन भारतिय नाटककारहरु मध्ये एउटा अलग कित्तामा उभ्याउछ । विशेष गरेर यिनि सामाजिक रुपमा प्रतिवद्ध, नाटक लेख्छन । उनको यो सामाजिक प्रतिवद्धता र समाजप्रतिको एकाउन्टबिलिटिले मलाई सदैव आकर्षित गर्दछ । कोर्ट मार्शल भित्र फुउडल टेडटनसिस, सामाजिक विभेद र जातिय मुद्दालाई प्रभावकारी ढंग बाट उठाईएको छ । जुन केहि हाम्रो जस्तो अर्ध विकशित राष्ट्रको महत्वपूर्ण मुद्दा पनि हो । हाम्रो सामाजलाई यो कुराले जवर्जस्त रुपमा सम्बोधन गर्ने भएकोले मैले कोर्ट मार्शललाई रोजेको हुँ । प्रत्येक आर्टले कहि न कहि समसामयिक समयलाई पक्रने, प्रश्न गर्ने र दर्शकहरुमा जिज्ञासा प्रदान गर्न सक्नु पर्छ भन्ने मेरो विश्वास छ ।

सास्कृतिक, राजनितिक र सामाजिक दृष्टिकोण हाम्रो राष्ट्र भारतीय राष्ट्र संग अति सामिप्यता राख्दछ । त्यसैकारण कोर्ट मार्शललाई नेपाली कनटेक्सटमा ढाल्न त्यति गाह्रो भएन । यसमा उठाईएको मुद्दा नेपाली कनटेक्सटमा ढाल्दा मेरो एउटै उद्देश्य थियो – जतिय विभेदको कुरालाई प्रोमिनेनट गर्ने र त्यसलाई अलिक युनिभर्सल टोन दिने जसले गर्दा नाटक कुनै एउटा स्थान विशेषको नलागोस र यसलाई अन्तराष्ट्रिय रुपमा पनि मञ्चन गर्न सकियोस् ।

रंग विभेद- जातिय विभेदका कुराहरु हाम्रो समाजमा अझै पनि एक्जिसट गर्दछ । र नाटकले पनि यहि कुरा सम्बोधन गर्ने हुदाँ दर्शकले सजिलै रिलेट गर्न सक्छन । विशेष गरेर ब्युरोक्याट्स लेभलमा पनि जातिय कुराहरु अझै विद्यमान छन र यो समस्याको निराकरण हुन सकेन भने यसले अर्को ठूलो समस्या उत्पन्न गर्न सक्छ भन्ने सन्देश पनि नाटकले दिन्छ ।

Off Stage