Latiko Chhoro (लाटीको छोरो)

Staged from Sept. 5, 2017 to Sept. 24, 2017

परापूर्वकालदेखि बसोबास गर्दै आइरहेका डोम समुदायमाथि राजनीतिक, आर्थिक र सामाजिक रुपले हस्तक्षेप गरिरहेका असुन्दर मानिसहरुको बसोबास सुन्दर बजार भन्ने बस्तीमा छ । यसै बस्तीभित्र बोल्न नसक्ने, मानसिक सन्तुलन गुमाएकी लाटी पनि बस्छे । उनीमाथि समाजले के–कस्तो दृष्टिकोणबाट असमान व्यवहारहरु गर्छ भन्ने कुरा नाटकको प्रमुख विषय बस्तु हो । उनै लाटीको वरिपरि घुमेको कथा हो नाटक ‘लाटीको छोरो’ ।

हाम्रो दुर्लभ संयोग

यसै नाटकमार्फत ३६ वर्षपछि नेपाली नाटकका अग्रज र पाको कलाकार टीका पहारीको नेपाली रंगमञ्चमा पुनरागमन हुँदैछ । नेपाली चलचित्रका लोकप्रिय नाम टीका पहारीको यो चार दशकपछिको पहिलो नेपाली नाटक बन्ने संयोग पनि यसै नाटकबाट जुरेको छ । हामी रंगमञ्चका पछिल्लो पुस्ताले रंगमञ्च व्यवसायिकरण हुनुपर्छ भनेर अभ्यास शुरु गर्दा पहिलो साथ नै टिका सरबाट पाउनु सराहनीय त छदै छ, आशा गरौ यो नेपाली रंगमञ्चमा एउटा नजिर बनेर बस्नेछ ।

Directional Note

निर्देशन गर्न साह्रै गाह्रो ।

Off Stage